काठमाण्डौ । धितोपत्र बोर्डले उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडलाई २० प्रतिशत हकप्रद सेयर निश्कासनको स्वीकृति दिएको छ ।

अनुमति पाएसँगै यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ लाख १० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्नेछ ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

स्वीकृत २० प्रतिशत हकप्रद सेयर निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ६ करोड ६० लाखको उचाईमा पुग्नेछ । 

हालै यो कम्पनीले ४०.५० प्रतिशत बोनस सेयरको समेत प्रस्ताव गरेको छ । यो प्रस्ताव समेत पारित भएमा कम्पनीको चुक्तापूँजी ८ करोड ८३ लाखको उचाईमा पुग्नेछ ।

कम्पनीको पुस २६ गतेको अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. १८६० रहेको छ ।