काठमाण्डौ । एक रुपैयाँमै स्मार्टफोन पाइन्छ भन्ने कुरा तपाई पत्याउनुहुन्छ ? सायदै पत्याउनुहोला । तर, नेपालको एउटा कम्पनीले १ रुपैयाँ तिरेपछि स्मार्टफोन घर लैजान पाइने अफर सार्वजनिक गरेको छ । 

विगतमा समेत १ रूपैयाँमै मोबाइल उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको हो ।

ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भईरहेको भीभो ब्राण्डको कुनै पनि स्मार्टफोनहरु मासिक किस्ताबन्दीमा दिने भएको छ । कम्पनीले भीभो ब्राण्डको कुनै पनि स्मार्टफोनहरु रु. १ रुपैयाँ तिरेपछि ग्राहकले घर लैजान सक्नेगरि मासिक किस्ताबन्दी योजना सार्वजनिक गरेको हो ।

सीमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।

यस कम्पनीबाट एक रुपैयाँमा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा दिइनेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याइदिने व्यवस्था समेत उपलब्ध हुनेछ । 

ईजी मोबाइल केयर प्रालिले भीभो स्मार्टफोनमा नेपालमा नै पहिलो पटक एक रुपैयाँमा दिने अफर ल्याएको हो । जसमा तपाईँले नेपाली बजारमा उपलब्ध भीभोका कुनै पनि मोडलका स्मार्टफोन १ रुपैयाँ तिरेपछि किस्ताबन्दीमा पाउनुहुनेछ ।

ईजी मोबाइल केयर प्रालिका अध्यक्ष सञ्जित पौडेलले मन परेको मोबाइल किन्न नसकिने र सेवा सुविधा नपाउने देखिएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।

हामीले यसअघि पनि सफलतासाथ सामसंग र ह्वावेका विभिन्न मोडलका स्मार्टफोनहरु रु. १ मा बिक्री गरेर ग्राहकहरुलाई सन्तुष्ट पारिसकेका छौं, अहिले नेपालमा नै पहिलो पटक भीभो ब्राण्डका स्मार्टफोनहरुमा यो किस्ताबन्दी अफर ल्याएका हौं ।’ अध्यक्ष पौडेलले भने ।

यसबाहेक पनि कम्पनीले बिक्री गर्ने कुनै पनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टी दिने गरेको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रा.लि.बाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।

काठमाडौंको मुटु न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालि मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्धेश्यका साथ स्थापना भएको कम्पनी हो । नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धी सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने यो कम्पनीले आफ्ना सेवाहरु संचालन गर्दै आएको छ ।