काठमाण्डौ । रु.१ मा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रा.लि.ले विभिन्न ब्राण्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरी  ‘कम्बो अफर’ सार्वजनिक गरेको छ । 

कम्पनीले नेपालमै पहिलो पटक मासिक किस्ताबन्दीका लागि स्मार्टफोन खरिदमा कम्बो अफरसहितको योजना सार्वजनिक गरेको हो ।

कम्बो अफरमा एउटा स्मार्टफोन किस्तामा लिँदा अर्को स्मार्टफोन सस्तो मूल्यमा नै लान सकिनेछ। यो योजनामा तोकिएका ब्राण्ड र मोडलका दुई स्मार्टफोनहरु एकैपटक मासिक किस्ताबन्दीमा लान सकिनेछ । अर्थात एउटै मासिक किस्तामा दुईवटा मोडलका स्मार्टफोनहरु ग्राहकले किन्न पाउने छन् । त्यसको लागि ग्राहकहरुले केबल रु. १ रुपैयाँ तिरेपछि घर लैजान सक्ने गरी मासिक किस्ताबन्दीमा सहभागी हुन पाउनेछन् ।

कम्बो मासिक किस्ताबन्दी अफरमा सामसङको हालै सार्वजनिक ग्यालेक्सी एस१० संगै सामसङकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । 

यसैगरी, ग्यालेक्सी एस१०प्लससँग सामसङकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । सामसङ एम २०का साथमा सामसङकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन रु.१ मासिक किस्तामा लाने कम्बो अफर पनि उपलब्ध छ ।

यो योजनामा साओमीको एम ८ लाइट र रेडमी एस २ स्मार्टफोन संयुक्तरुपमा उपलब्ध छ भने भीभोको भी१५प्रो र वाई ५३सी स्मार्टफोन एकैसाथ किन्न सकिने छ । भीभोकै भी नाइन र भीभो वाई५३सी स्मार्टफोन एउटै अफरमा राखिएको छ ।

ओपोको एफ ९ का साथमा ओपो ए थ्रीएस स्मार्टफोन कम्बो अफरमा उपलब्ध हुनेछ भने ओपो आर १७ प्रोका साथमा ओपोकै ए ३एस स्मार्टफोन कम्बो मासिक किस्ताबन्दीमा उपलब्ध छ । ह्वावेको वाई सेभेन प्रो २०१९ भर्सन र वाई सेभेन प्रो २०१८ प्रो एकैपटक रु.१ तिरेर किस्ताबन्दीमा किन्न सकिन्छ भने नोकियाको नोकिया ५ र नोकिया २ पनि यसै अफरमा उपलब्ध छ ।

सीमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।

यस कम्पनीबाट रु.१ मा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने सेवा उपलब्ध गराईनेछ ।

ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष सञ्जित पौडेलले ग्राहकहरुको मागलाई ध्यानमा राखेर नयाँ कम्बो अफर मासिक किस्तामा ल्याएको प्रष्ट्याए । ‘‘ग्राहकहरुलाई सस्तो मूल्यमा एकैपटक दुईवटा स्मार्टफोनहरु एउटै किस्ताबन्दीमा किन्न सकिने गरी नयाँ अफर ल्याएका छौं । नेपालमै पहिलो पटक यस्तो अफरबाट ग्राहकहरुले सस्तो मूल्यमा दुईवटा फोनहरु सजिलै किन्न सक्नेछन्।’’ अध्यक्ष पौडेलले भने ।

काठमाडौंको मुटु न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि. मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धी सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने यो कम्पनीले आफ्ना सेवाहरु संचालन गर्दै आएको छ ।