काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले पनि रु. ३ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरेको कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने उद्देश्यले बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको हो । 

बैंकले १००० दरका ३० लाख कित्ता ऋणपत्र निश्कासन गर्न लागेको हो । '१०.५% एनसीसी ऋणपत्र-२०८६' दश वर्षे अवधिको ऋणपत्र हो । 

ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.५ प्रतिशतको दरले ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

बैंकले कुल निश्कासन गर्ने ३० लाख कित्तामध्ये सर्वसाधारणका लागि १२ लाख छुट्याइएको छ भने बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड रहेको छ ।