काठमाण्डौ । अंग्रेजीमा एउटा भनाई छ: ह्वाट इज इन अ नेम ? अर्थात नाममा के हुन्छ ?तर, तपाईलाई अचम्म लाग्नसक्छ कि भारतको एउटा नामको मूल्य यति थियो कि जसलाई विश्वकै ठूलो रिटेल कम्पनी वालमार्टले ५२० अर्ब रुपैयाँमा खरीद गर्यो । 

यति महंगो त्यो नाम हो, फ्लिपकार्ट । फ्लिपकार्ट भारतको सबैभन्दा ठूलो रिटेल कम्पनी हो र वालमार्टले हालै सो कम्पनीलाई अधिग्रहण गरेको छ । 

वालमार्ट र फ्लिपकार्टको बीच भएको सम्झौतामा कुल मूल्य करिब १७७० अर्ब थियो । टेक्नोलोजी तथा स्टार्टअप न्यूजपोर्ट इंक ४२ ले आफ्नो रिपोर्टमा भनेको छ कि वालमार्ट आफ्नो वार्षिक टेन के फाइलिंगमा बताएको छ कि यो खरीदबिक्रीमा फ्लिपकार्टको नाम खरीदका लागि मात्रै ५२० अर्ब रुपैयाँ भुक्तानी गर्यो । टेन के फाइलिंग अमेरिकामा पञ्जीकृत सबै कम्पनीका लागि अनिवार्य हो । 

यो फाइलिंग अनुसार फ्लिपकार्ट र त्यससँग सम्बन्धित सबै ब्राण्ड नाम खरीदका लागि यो मूल्य हालिएको थियो । यसरी वालमार्टले फ्लिपकार्टको नामका लागि यति ठूलो रकम चुकायो । यसको यो अर्थ हो कि फ्लिपकार्टको कुल मूल्यांकनको ३० प्रतिशत उसको नामले कभर गरेको रहेछ । 

ग्लोबल ब्राण्ड भ्यालुएसन एजेन्सीका अनुसार यो अधिक मूल्यसहित फ्लिपकार्ट भारतकै पाँचौ महंगो ब्राण्ड बन्न पुगेको छ । भारतको सबैभन्दा महंगो ब्राण्डको नाम हो टाटा, त्यसपछि एयरटेल, इन्फोसिस र एलआइसी । भारतमा आम रुपमा कम्पनीको  ब्राण्ड भ्यालू भन्दा बढी इकोनोमिक भ्यालूलाई प्राथमिकता दिइन्छ । यस्तो अवस्थामा फ्लिपकार्टको नामका लागि यति ठूलो रकम प्राप्त हुनु निकै ठूलो कुरा रहेको समाचारमा उल्लेख गरिएको छ ।