काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु. ६०० भन्दा बढीमा कारोबार भइरहेको मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर सस्तोमै पाउने अवसर खुलेको छ । 

यो कम्पनीले चुक्तापूँजीको सतप्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । हकप्रद सेयर खरीदका लागि परेका सदर आवेदकहरुले ३० लाख ७९ हजार ३५१ कित्ता मात्र खरीद गरेका छन् । 

यो कम्पनीको हकप्रदमा आवेदन नदिएका वा बद्धर भएका आवेदनबाट अब २ लाख ९ हजार ६४९ कित्ता सेयर बिक्रीका लागि आज(जेठ ७ गते)देखि लिलामीमा आवेदन खुलेको हो । 

बुद्धिमतापूर्वक अक्सनको सेयरमा बोलपत्र पेश गरे दोश्रो बजारमा ६०० रुपैयाँ भन्दा बढी प्रतिकित्तामा कारोबार भइरहेको यो कम्पनीको सेयर सस्तोमै उठाउने अवसर प्राप्त हुनसक्छ । 

इच्छुकले जेठ १४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर लिलामीका लागि ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । 

इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमीटेडको मुख्य कार्यालय, ग्लोबल आइएमई बैंकका विर्तामोड, जनकपुर, विराटनगर, वीरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरस्थित शाखाबाट बोलपत्र हाल्न सक्नेछन् । 

प्रति कित्ताका लागि न्यूनतम रु. १०० र न्यूनतम १०० कित्ताका लागि बोली लगाउनुपर्नेछ ।