काठमाण्डौ । दोश्रो बजारमा रु. ६ सय भन्दा बढीमा कारोबार भइरहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर सस्तोमै पाउने अवसर आउने भएको छ । 

यो कम्पनीले हकप्रद निश्कासनको क्रममा नबिकेको ६२ हजार ५ कित्ता सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । लिलामीमा बुद्धिमतापूर्वक बोल लगाउनेले सस्तोमै सेयर पाउने संभावना हुन्छ । 

यो कम्पनीले केहीअघि सतप्रतिशत हकप्रद निश्कासन गरेको थियो । सोही क्रममा सर्वसाधारण समूहबाट नबिकेको सेयर लिलामीबाट बिक्री गर्न लागिएको हो । 

कम्पनीले आगामी मंसिर २० गतेदेखि नबिकेको हकप्रद सेयरको लिलामी खुल्ला गर्ने एक सूचनामार्फत जनाएको छ । 

मंसिर २८ गतेसम्म लिलामीमा सहभागिताका लागि गोप्य बोलपत्र पेश गर्नुपर्नेछ । 

यो कम्पनीको लिलामी प्रक्रियाका लागि एनआइसी एशिया क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

इच्छुकले न्यूनतम १०० कित्ता र प्रतिकित्ता न्यूनतम रु. १०० रुपैयाँको बोल लगाउनुपर्ने सूचनामा उल्लेख छ ।