काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन प्रस्तावसहित आफ्नो प्रथम वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंकको सञ्चालक समितिको गत कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते आइतबार र्याडिसन होटेलमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभामा बैंकको चुक्ता पुँजी वृद्धिका लागि जारी पुँजीअन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ४० प्रतिशत (सर्वसाधारण समूहभित्र नै वगीकरण हुने गरी कर्मचारीलाई छुट्याइएको ०.२ प्रतिशत सेयरसहित) ले हुने जम्मा ८ अर्बको ८ करोड आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ । आईपीओ निष्कासन गर्ने क्रममा आइपर्ने सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने पनि पारित हुनेछ ।

बैंकको चुक्ता पुँजी १२ अर्बबाट वृद्धि गरी २० अर्ब पुर्याउने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनहरु छलफल गरी पारित हुनेछ ।