काठमाण्डौ । प्रचण्डपुत्री रेणु दाहाललाई जसरी पनि जिताउने रणनीतिअन्तरगत वडाका सबै उम्मेद्वार फिर्ता गर्ने पार्टीको निर्णयका कारण कांग्रेसभित्र भाँडभैलो मच्चिएको छ । 

यसअघि मेयर पदमा माओवादीलाई समर्थन गर्ने निर्णयका कारण समेत कांग्रेसभित्र ठूलै भाँडभैलो मच्चिएको थियो । कांग्रेसभित्रको तीव्र असन्तुष्टि मतदानको क्रममा समेत व्यक्त भएको थियो । कांग्रेसको धेरै भोट रेणुु दाहालको साटो एमाले उम्मेद्वार देवी ज्ञवालीले पाएका थिए । 

भरतपुर महानगरपालिकाको मतगणनाको अन्तिम अवस्थामा वडानम्बर १९ को मतगणना भइरहँदा माओवादीका दुुई कार्यकर्ताले योजनाबद्ध ढंगले मतपत्र च्यातेका थिए । त्यही बिषयलाई लिएर प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको रिपोर्टको आधारमा निर्वाचन आयोगले वडानम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध अदालतमा रिट परेको छ। 

वडानम्बर १९ मा पुनः मतदान गर्ने आयोगको निर्णयपछि रेणुुलाई जसरी पनि जिताउने भन्दै प्रचण्डको निर्देशनमा सो वडाका माओवादीका सबै उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । माओवादी केन्द्रका वडाअध्यक्षसहित पाँचै उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । माओवादीका सबै वडास्तरको उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् र कांग्रेसका सबैले रेणुुलाई भोट हाल्ने उर्दी जारी गरिएको छ । रेणुुका लागि माओवादीका वडाअध्यक्ष र सदस्यका उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिनुपर्ने भएको छ । यसले समेत माओवादीको स्थानीय स्तरमा असन्तुष्टि जन्मिएको एक नेताले बताए । 

भरतपुरको २० नम्बर वडाको मतगणना बाँकी छ । १९ नम्बर वडामा रेणुुले फराकिलो अन्तरले अग्रता नलिए उनको जित अझै पनि निश्चित छैन । यही कुरा बुुझेका कांग्रेस माओवादीले संयुुक्त अपील जारी गरे पनि सो अनुसार मत खस्ने अवस्था छैन । प्रचण्डको छोरीलाई नै जिताउन ंजे पनि गरेको भन्दै पुत्रीमोहको विरोध गर्ने कांग्रेसको संख्या अझ बढेको छ । यो हिसाबले वडानम्बर १९ मा रेणुुलाई पहिला भन्दा कम मत खस्ने प्रवल संभावना रहेको स्थानीय कांग्रेसीहरुको भनाई छ। 

प्रचण्डको पुत्रीमोहमा कांग्रेस सति जान खोजेपछि देउवाले पैसा खाएको र कांग्रेसका ठूला नेता पैसामा बिकेको भन्दै केही दिनअघि एक कार्यक्रम भाँडभैलो समेत मच्चिएको थियो । भरतपुरको होटल आइल्याण्डमा भएको भेलामा कांग्रेसका नेताहरुले रेणुुलाई भोट हाल्न भनेपछि बबाल मच्चिएको थियो ।(तलको भिडियो हेर्नुहोस्) । अधिकांश कांग्रेस कार्यकर्ताले माओवादीले युद्धकालमा छानी छानी कांग्रेस र कांग्रेसका मान्छेलाई मारेका भन्दै कुनै पनि हालतमा भोट नदिने भन्दै बबाल गरेका थिए ।