काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । 

पछिल्लो परिणाम अनुसार प्रचण्डपुत्री तथा माओवादी कांग्रेस गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार रेणु दाहाल अझ पछाडि परेकी छिन् । 

एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले १००२२ मत ल्याउँदा रेणुको ७९४७ मत मात्र प्राप्त भएको छ । यो हिसाबले रेणु २०७५ भोटले पछाडि परेकी छिन् । 

गठबन्धनकै तर्फबाट उपमेयर पदकी उम्मेद्वार कांग्रेसकी पार्वती शाहले भने एमालेकी दिव्या आचार्यलाई १ हजार मतले पछाडि पारेकी छिन् । शाहको ९६३५ मत छ भने आचार्यको ८६८२ मत छ ।