काठमाण्डौ । प्रचण्डपुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा एमाले उम्मेद्वार देवी ज्ञवाली भन्दा करिब १९ सय मतले पछाडि परेकी छिन् । 

पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ४८०७ मत प्राप्त गरेका छन् भने रेणुु दाहालले २९५६ मत प्राप्त गरेकी छिन् । 

उपमेयरमा पनि एमालेकै अग्रता छ । एमाले उम्मेद्वार दिव्या शर्माले ४०६१ मत पाउँदा कांग्रेसकी उम्मेद्वार पार्वती शाहले ३८६५ मत प्राप्त गरेकी छिन् ।