काठमाण्डौ । रेनल्ट क्विड कारको व्यग्र प्रतीक्षामा रहेको फेस लिस्ट अवतार आगामी अक्टोबर १ मा भारतमा लन्च गर्न गइरहेको छ ।

कम्पनीले यो मोडेलको टिजर र फोटो पहिल्यै नै जारी गरिसकेको छ। कम्पनीले जारी गरेको धेरै जस्तो फोटोमा रेनल्ट क्विडको क्लाइम्बर भेरिएन्ट नै देख्न सकिन्छ । जसबाट अनुमान लगाउन सकिन्छ कि यो एउटा स्पेसल एडिसन मोडेल हो ।

स्मरण रहोस् कि रेनल्ट क्विड लन्च हुनुभन्दा एक दिनपहिले मारुतीले आफ्नो एस प्रसो लन्च गर्न गइरहेको छ । जसले रेनल्टलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

रेनल्टको क्विडमा नयाँ कस्मेटिक परिवर्तन गरिनेछ । जस्तै यसमा ग्रिनिस ब्लु सेड, हेडल्याम्स, बम्परमा मेटे फिनिस्ड ग्रे ओरेन्ज एलिमेन्ट, ओरेन्ज ओआरभीएमएस र गनमेटल ग्रे एलाय ह्विल्स् दिइनेछ ।

यसका अलावा कम्पनीले क्विडको रेगुलर भर्जन पनि उर्तानेछ । जसमा यसको एक्सटेरियर स्टाइलिङ तथा अरू नयाँ डिजाइनलाई अपडेट गरिनेछ । यसका साथै कारमा नयाँ ब्ल्याक ग्रिल तथा स्पिलट लाइटनिङका साथमा स्लिकर इन्डिकेटर लाइटस् र ग्रिलमा डीआरएलएस् पाउन सकिनेछ । साथै यसको बम्परमा नयाँ होरिजेन्टल हेडल्याम्प पनि उपलब्ध गराइनेछ । कारमा चौडा सेन्ट्रल एअर ड्याम र मस्कुलर बम्पर पनि पाउन सकिनेछ ।

इन्टेरिएर फिर्चसको कुरा गर्ने हो भने नयाँ रेनल्ट क्विड क्लिम्बरमा संशोधित इन्टेरिएरका साथमा एउटा डार्क ग्रे टोन र एउटा पुनः डिजाइन गरिएको ड्यास बोर्ड दिइनेछ । जसमा नयाँ एअरकन वेन्ट्स पनि सामेल हुनेछ । यसका साथै कारमा ठूलो टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुनेछ । जुन एप्पल कार प्ले र एन्ड्रोएड अटोमा कनेक्ट हुनेछ ।

इन्जिन अप्सनको कुरा गर्दा यसमा ७९९ सीसीको थ्री सिलिन्डर पेट्रोल इन्जिन रहेको छ । जसले ५४ बीएचपी पावरमा र ७२ एनएम टार्क जेनेरेट गर्छ । यसका साथै यसमा १.० लिटर थ्री सिलेन्डर पेट्रोल इन्जिन पनि रहेको छ । यसले ६७ बीएचपी पावर र ९१ एनएम टार्क जेनेरेट गर्दछ । –एजेन्सी