काठमाण्डौ । “चाडपर्व मनाऔं, एनआइसी एशिया रेमिटसँगै” भन्ने नारासहित एनआईसी एशिया बैंकले नेपालीहरुको महान चाँड दशैंतिहार, छठको उपलक्ष्यमा ग्राहकहरुलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोबार निःशुल्क पठाउने ब्यवस्था गरेको छ । 

रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखारहित बैंकिङ्ग ईकाई एवम् ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मङ्सिर महिनासम्मका लागि रहने बताइएको छ । 

योे समयमा ग्राहकले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंकमार्फत सजिलै रकम पठाउन र निकाल्न सकिनेछ । 

बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९सम्म एनआईसी रेमिटमार्फत रकम पठाउने आफ्ना समस्त ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको हो ।

हाल यो बैंकको देशभर २४६ शाखा कार्यालय, २४० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् । यो बैंक देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।