काठमाण्डौ । सरकारले महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालन गर्न ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ ।

यसका लागि रेलवे विभागले सरकारसँग तीन अर्ब रुपैयाँ माग गरेको छ । यो खबर आजको कान्तिपुुरमा छापिएको छ ।