काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सर्वसाधारणका लागि ८ करोड ४० लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा कात्तिक २७ गते आवेदन दिएको हो । 

कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमीटेडले गर्नेछ । 

यो जलविद्युत कम्पनीले हाल पाँचथर र ताप्लेजुङको सीमाक्षेत्रमा ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

यसअघि यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ करोड ६० लाख मूल्य बराबरको आइपीओ निश्कासन गरेको थियो । 

आगामी माघसम्म निर्माण सम्पन्न हुने भनिएको इवाखोला जलविद्युत आयोजनालाई आवश्यक लगानी जुटाउन तथा कम्पनीमा रहेको सेयर स्वामित्वलाई मिलाउन यो कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्न लागेको हो ।