काठमाण्डौ । धितोपत्र बोर्डले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपिओ निश्कासनको अनुमति दिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका ८ लाख ४० हजार कित्ता आइपीओ निश्कासनको अनुमति  पाएको हो । यसमा कम्पनीका कर्मचारी पनि समेटिने छन् । 

यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल पाँचथर र ताप्लेजुङका सर्वसाधारणका लागि ५  करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोश्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन हुन लागेको हो । 

सर्वसाधारणका लागि जारी गरिने आइपीओको  निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ । कम्पनीमा  संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेकोमा त्यसलाई घटाउन आइपीओ जारी गर्न लागिएको हो । 

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ । यो आयोजनामा २५ प्रतिशत सेयर स्वामित्व रिडी हाइड्रोपावरको रहेको छ ।