काठमाण्डौ । एमालेले अग्रता लिइरहेको सुनसरीको धरान उपमहानगरपालिकाको प्रतिस्पर्धा निकै रोचक बन्न थालेको छ । हिजोसम्म कांग्रेसले अग्रता लिएको यो क्षेत्रमा एमालेले रातिदेखि अग्रता लिन थालेको छ र कांग्रेसले उसँगको मतअन्तरले थोरै थोरै भए पनि घटाइरहेको छ । 

सुरुवातमा कांग्रेसको निरन्तर अग्रता रहनुु र त्यसपछि एमालेले अग्रता लिएपछि फेरि कांग्रेसले मत अन्तरले घटाउँदै लैजाँदा प्रतिस्पर्धा निकै रोचक देखिएको हो । 

पछिल्लो मतपरिणाम अनुसार एमालेको तर्फबाट मेयर र उपमेयरका उम्मेद्वारले ४१८२ र ४३२३ मत ल्याएका छन् । कांग्रेसले मेयर र उपमेयरमा मतअन्तरले केही घटाउँदै ३७८५ र ३७८५ मत ल्याएको छ । 

माओवादी केन्द्रले मेयरमा २२७० र उपमेयरमा ६७६ मत ल्याएको छ ।