काठमाण्डौ । देशको ध्यान तान्न सफल सुनसरी क्षेत्रनम्बर ३ को मतपरिणाम रोचक बन्दै गएको छ। 

यो क्षेत्रबाट चर्चित नेता विजयकुमार गच्छदार नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा छन् । उनीविरुद्ध एमालेकी  भगवती चौधरी चुनावी मैदानमा छिन् । 

मतगणनाको प्रारम्भिक चरणदेखि हालसम्म भगवतीले गच्छदारविरुद्ध लगातार अग्रता लिइरहेकी छिन् । 

तर, पछिल्लोकालमा गच्छदारले भगवतीसँगको मतान्तर घटाउँदै लगेपछि यो क्षेत्र कसको पोल्टामा जाने भन्ने रोचक मोडमा पुुगेको छ ।

पछिल्लो मतपरिणाम अनुसार भगवती चौधरीले ३२ हजार ५ सय ५५ मत पाएकी छिन् भने उनलाई गच्छदारले ३२ हजार ४ सय ९३ मतले पछ्याइरहेका छन् । 

यो क्षेत्रमा ८३ हजार १ सय ३७ मत खसेकोमा हालसम्म ७२ हजार मतगणना भइसकेको छ । अब ११ हजारको हाराहारीमा मत गन्न बाँकी छँदा यो क्षेत्रको संभावित चुनावी परिणाम निकै रोमाञ्चक मोडमा पुुगेको हो ।