काठमाण्डौ । रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रा.लि. र लुम्बिनी विकास बैंक लिमीटेडका बीच रोयल इन्फिल्ड मोटरसाइकल नेपाल अधिराज्यभरि फाईनान्स गर्नका लागि मंगलबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

नेपाली बजारमा ग्राहकहरुमाझ लोकप्रिय र सुरक्षित गन्तब्यको सवारी साधनका रुपमा रहेको छ रोयल इन्फिल्ड बाईकमा सरल, छिटो र छरितो सेवाका साथ लुम्बिनी बैंकबाट ऋण लगानी गरी ग्राहकमा थप सेवा प्रदानको उद्देश्य राखिएको बैंकले जनाएको छ । 

नेपालमा १७ वर्ष देखि रोयल इन्फिल्ड मोटरसाइकल बाईक पारखीहरुका माझ स्थापित ब्राण्ड हो । ग्राहकले ऋण आवेदन गरेको समयबाट अति शीघ्र ऋण स्वीकृत गरिने बताइएको छ । ग्राहकलाई ३ वर्षे अवधिका लागि ऋण प्रदान गरिनेछ ।  

सम्झौतापत्र एम.भि.दुगड गु्रपका अध्यक्ष मोतीलाल दुगडको उपस्थितिमा उपाध्यक्ष विवेक दुगड र लुम्बिनी विकास बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले हस्ताक्षर गरे।