काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहटको गरुडा नगरपालिका वडा नम्बर १, गरुडा बजारमा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नति सोमबारदेखि आफ्नो ४५ औ शाखाको रुपमा बिस्तार गरेको छ ।

एक्सटेन्सन काउण्टरको स्तरोन्नति भएसँगै साबिकमा प्रदान गर्ने गरिएको सीमित बैकिङ्ग सेवाको अलावा त्यस भेगका जनताले सामान्यतः सबै प्रकारका बैंकिङ्ग सेवा अझै स्तरीय एवं सहज रुपमा प्राप्त गर्नसक्ने विश्वास बैंकले लिएको छ ।

एक्सटेन्सन काउण्टरलाई शाखाको रुपमा बिस्तारको शुुभारम्भ एक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक खनालले गरेका थिए । 

यस बैंकले आप्mनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस सेवा, रेमिटान्स, र मोबाइल बैंकिङ्ग सेवा लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै छ । काठमाण्डौका डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको बैंक देशका विभिन्न भागमा रहेका ४५ वटा शाखा सञ्जाल र १२ वटा एटीएममार्फत फैलिएको छ । हालै मात्र भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई यूरोप विजिनेश एसेम्ब्ली(क्सफोर्ड लण्डन)बाट अन्तराष्ट्रिय अवार्ड समेत प्राप्त भएको थियो ।