काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा मंगलबार(चैत १२ गते) आफ्नो ७५ औं शाखा कार्याल्य स्थापना गरी कारोबार समेत थालेको छ । 

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो शाखाको उद्घाटनसँगै कारोबार शुभारम्भ गरेका थिए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको विषयमा संक्षिप्त जानकारी दिंदै प्रदेश नं २ मा यो सँगै ९ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा ल्याइने जानकारी दिए ।