काठमाण्डौ । सिभिल बैंक लिमीटेडले रौतहटको गरुडामा शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ । 

एक समारोहका बीच बैंकको गरुडा शाखाको गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवले उद्घाटन गरे । 

शाखा उद्घाटन समारोहमा स्थानीय विशिष्ट व्यक्तित्व, उद्योगी व्यापारी, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि तथा सर्वसाधारणको निकै उत्साहजनक सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि मेयर यादव, बैंकको प्रदेश नम्बर २ का प्रमुख दीपकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

योसहित सिभिल बैंकको कुल शाखा संख्या ८२ पुगेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।