काठमाण्डौ । रौतहटमा मंगलबार बिहान थप २२ जनामा कोरोना भाइरसको संक्रमण  पुष्टि भएको छ। योसँगै रौतहटमा संक्रमित हुनेको संख्या ६९ पुगेको छ।

नयाँ पुष्टि भएका संक्रमितहरु रौतहट सदरमुकाम गौरसहित देवाही गोनाही र राजेदेवी नगरपालिकाका छन्। यीमध्ये ३ जना बालबालिका छन्।

गौरमा पहिलोपटक एकैचोटी ७ जनामा संक्रमण देखिएको छ। यस्तै देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका अन्य ११ जनाको ठेगाना प्रष्ट भइनसकेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए। भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो। 

हिजो सोमबारमात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाक क्वारेन्टाइनहरुमा राखिएकामध्ये २६ जनामा संक्रमित पुष्टि भएको थियो।