काठमाण्डौ । आगामी जुन १ देखि ४ सम्म राजधानी काठमाडौंमा आयोजना हुन गइरहेको हिमालयन ट्राभल मार्टमा सहभागीहरु आउने क्रम शुरु भएको छ । 

बिभिन्न देशबाट करिब १ सय जना सहभागीहरुको आगमन भइसकेको छ । यस मार्टमा बेलायत, अमेरिका, भारत,दक्षिण अमेरिका, चीन, सिगापुर, श्रीलंका, कोरिया लगायत देशरुबाट सहभागी रहेका छन् । 

ब्लगरहरु, क्रेताहरु, बिक्रेताहरु नेपालको कला संस्कृति, प्राकृतिक सुन्दरताको अबलोकन गर्न पनौती, चितवन, पोखरा, लुम्बिनी भ्रमणमा निस्किसकेका छन् । बिभिन्न देशबाट मार्टमा सहभागीरुको आगमनस“गै हिमालयन ट्राभल मार्टको रौनकता थपिएको छ । यस मार्टमा ९३ जना ब्लगरहरु, ७० जना क्रेताहरु, ४५ जना बिक्रेताहरु र प्रख्यात बक्ताहरुको सहभागिता रहने छ । 

महाबिनाशकारी भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई यस हिमालयन ट्राभल मार्टले बिश्वबजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने कार्यकारी आयोजक पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । 

नेपालमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन इभेन्ट पहिलोपटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको लागि यो कार्यक्रम कोशेढुंगा हुने पर्यटनबिज्ञहरुले आशा गरेका छन् । 

यस मार्टको होस्ट नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ भने आयोजक नेपाल पर्यटन बोर्ड र कार्यकारी आयोजक पाटा नेपाल च्याप्टर रहेको छ । 

पर्यटनस“ग आबद्ध सबै संघसंस्थाहरुले यो कार्यक्रममा आबद्धता जनाइसकेका छन् । यस मार्टमा ब्लगर र  मिडियाको सम्मेलन र क्रेता र बिक्रेताबीचको सम्मेलनका आर्कषक पक्ष हुने छन् । 

हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको प्रोडक्टलाई बिश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्ने पाटाका अध्यक्ष सुमन पाण्डे बताए । नेपाल हिमालयको प्रबेशद्वार हो भन्ने कुरालाई यस मार्टले पुष्टि गर्ने आयोजकको दाबी छ ।