काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अस्पतालमा कोरोना भाइरसबाट संक्रमित कुनै पनि बिरामी नरहेको प्रष्ट पारेको छ। 

अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी विभिन्न अनलाइन र सामाजिक सञ्जालमा नर्भिकमा उपचार गराइरहेका एक बिरामीको आरडिटी पोजिटिभ देखिएको भन्दै प्रकाशित समाचार तथा पोष्ट भएको जानकारीको खण्डन गर्दै ती बिरामीको पीसीआर परीक्षणको नतिजा पनि नेगेटिभ आइसकेको प्रष्ट पारेको हो । 

सामान्य ज्वरो आई सोमबारदेखि नर्भिकमा उपचार गराइरहेका एक ५० वर्षीया महिलामा कोरोनाको शंका मात्र गरिएको र उनको आरडिटी तथा पीसीआर रिपोर्ट नै नेगेटिभ आएको उल्लेख गर्दै हल्लाको पछि नलाग्न आग्रह गरिएको छ ।