काठमाण्डौ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछ समस्यामा परेका दैनिक ज्यालादारी मजदूरका लागि महालक्ष्मी विकास बैंकले राहात उपलब्ध गराएको छ । 

बैंकले रु. ४ लाख बराबरको खाद्यान्न सामाग्री ती मजदूरले पाउने गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको हो ।  

चैत १९ गने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई ती खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । 

बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले यस्तो अवस्थामा सबै जनतालाई घरभित्रै बसेर कोरोनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आह्वान समेत गरेको छ ।