काठमाण्डौ । कोरोना महामारीले ग्रस्त पारेको बितेको ६ महिनाको अवधिमा अमेरिकाका धनाढ्यहरुको सम्पत्तिमा व्यापक उछाल आएको छ । यो अवधिमा जेफ बेजोस, बिल गेट्स, मार्क जुुकरबर्ग र अन्य धनाढ्यको भाग्योदय भएको हो । 

नयाँ अध्ययन अनुसार यी धनाढ्यहरुको आम्दानीमा उछाल आए पनि अधिकांश लाखौ अमेरिकी जनताहरु भने महामारी पूर्वको आम्दनीभन्दा कम आर्जन गरिरहेका छन् । 

सम्पत्तिको असमानता बारे “द इन्स्टिच्युट अफ पोलिसी इस्टडीज” को हालै प्रकाशित बिलिनियर बोनञ्जा रिपोर्टले ६४३ जना अमेरिकी धनाढ्यहरुले मार्च १८ देखि सेप्टेम्बर १५ को अवधिमा सामूहिक रुपमा ८४५ बिलियन डलर बराबरको सम्पत्ति जोडेको उल्लेख गरेको छ । जुन २९ प्रतिशत संयुक्त वृद्धि हो । 

अध्ययन अनुसार सम्पत्तिमा आएको तीव्र उछालले अमेरिकाको शीर्ष आम्दानीकर्ताको सम्पत्ति २.९५ ट्रिलियन डलरबाट ३.८ ट्रिलियन डलर पुुगेको छ ।

कमाउनेको शीर्ष सूचीमा टेस्लाका सिइओ एलन मस्क, ओराकलका सिइओ ल्यारी एलिसन, र न्यूयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्ग समावेश छन् । 

द इन्स्टिच्युट अफ पोलिसी इस्टडीज प्रोग्रामका निर्देशक तथा रिपोर्टका सहलेखक चक कोलिन्सले कोरोना महामारीले अमेरिकाको असमानतामा भएको वृद्धिले आफू चकित भएका बताएका छन् । 

एकातर्फ धनाढ्यहरु झन् धनी हुँदै गइरहेको र अर्काेतर्फ देशको आर्थिक अवस्था नाजुक हँुदै गइरहेको उनी बताउँछन् । 

कोलिन्सले कोरोना महामारीले औसत अमेरिकी कामदारहरुलाई भने नकारात्मक अर्थात उल्टो प्रभाव पारेको बताए । कोरोना महामारीले अमेरिकामा महामन्दीपछिकै सबैभन्दा धेरै बेरोजगार दर निम्त्याएको छ । अगस्ट महिनामा बेरोजगारी दर ८.४ प्रतिशतमा झर्नुुभन्दा पहिले अप्रिल महिनामा अमेरिकाको बेरोजगारी दर १४.७ प्रतिशत थियो । अमेरिकामा गत फेब्रुअरी महिनाभन्दा अझै ११.५ मिलियन जनता बेरोजगारी छन् । 

बेरोजगारी भत्ताका लागि आवेदन दिने संख्यामा कमी आएको छ । तर यो संख्या महामारी पूर्वको भन्दा अझै पनि चार गुणा धेरै छ । 

यसकारण सम्पत्तिमा उछाल
रिपोर्टका कारण कम्पनी भाग्यशाली रहेका कारण धेरैजसो अमेरिकी धनाढयहरुको सम्पत्तिमा वृद्धि आएको हो । 

यो वर्ष अमेजनको सेयरमूल्य ६० प्रतिशतले वृद्धि भएको छ । जसको परिणामस्वरुप कम्पनीका सिइओ जेफ बेजोसको सम्पत्ति फेब्रुअरीबाट ५५२.२ बिलियन डलर बढ्यो । यससँगै उनी २०० बिलियन डलर मूल्यको सम्पत्तिका साथ विश्वका धनाढ्यहरुको सूचिको शीर्ष स्थानमा छन् । 

यस्तै वालमार्ट स्थापना गरेको परिवारका सदस्य एलाइस, जीम र रोब वाल्टनको संयुुक्त सम्पत्ति फ्रेबुुअरी यता ६० बिलियन डलरभन्दा धेरैले बढ्यो ।

महामारीको दौरान वालमार्टको मुनाफा ८० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो वर्षको दोस्रो त्रैमासमा ६.४ बिलियन डलर मुनाफा आर्जन गरेको छ । 

यो अवधिमा गुुगलका सहसंस्थापक ल्यारी पेजको सम्पत्ति पनि १८ बिलियनभन्दा धेरैले वृद्धि भएको छ । त्यस्तै टेस्लाका सिइओ एलन मस्कको सम्पत्ति पनि ७० बिलियन डलरभन्दा धेरैले वृद्धि भएको छ । जसका कारण उनी विश्वको तेस्रो धनाढ्य व्यक्ति बन्न पुुगेका छन् । 

सिएनएन मनिबाट