काठमाण्डौ । आगामी मंगलबारबाट सेयर कारोबार खोल्नुपर्ने अर्थ मन्त्रालयको निर्देशन आएसँगै बजार खुल्ने संभावना अधिक छ । 

देश नै पूर्ण लकडाउनमा रहेको बेला बजार खोलिन नहुने आवाज उठेको छ, तर अर्थ मन्त्रालयले आफ्नो निर्णयबाट पछि हटिहाल्ने संकेत देखिएको छैन । 

यसकारण यस्तो अवस्थामा सेयर लगानीकर्ताले दोस्रो बजारमा कस्तो रणनीति अख्तियार गरेर लगानीको निर्णय गर्नुपर्छ ? बजार खुलिहाले त्यसपछि हुने लगानी निर्णयमा के के कुरामा ध्यान दिनुपर्ला ?

कोरोना भाइरसको विश्वव्यापी महामारीले विश्व अर्थतन्त्रमा निकै ठूलो हलचल ल्याउने आँकलन गरिरहेका बखत नेपाल पनि अछुतो पक्कै नहोला । भर्खरै तग्रिँदै गरेको नेपालको सेयर बजारमा नेप्सेको डरलाग्दो गिरावट आउनुु प्रमुुख कारण कोरोना सन्त्रास नै हो ।

निकट समयमा कोरोनाले नेपाली अर्थतन्त्रमा पनि मन्दी ल्याउने बहस चर्किरहेको छ । यही मन्दीका बेला सेयरबजारबाट फाइदा कसरी उठाउने, कस्ता सेयरमा लगानी गर्नेलगायतका विषयमा सेयर बजारसँग सम्बन्धित विज्ञहरुलाई हामीले जिज्ञासा राखेका थियौं ।

पूूँजीबजारका विज्ञ प्राडा मनोहर कृष्ण श्रेष्ठ स्टक मार्केट पनि कोरोना भाइरसकै कारणले धराशायी भएको बताउँछन् । ग्लोबल असर परिरहेको बेला लगानीकर्तामा मनोवैज्ञानिक त्रास वा सेयर फोबिया हुुने उनको जिकिर छ । यस्तो अवस्थामा तत्काल फाइदा उठाउन नसकिने मत राखेका उनी स्पेकुलेटरहरुले प्ले गर्नसक्ने अधिक सम्भावना रहने दाबीसमेत गर्छन् । स्पेकुुलेटरहरुले यो बेला अत्यन्त ठूलो जोखिम उठाएर बजारमा चलखेल गर्न सक्ने उनको आँकलन छ ।

यो बेला लगानीकर्ताले लस मिनिमाइजेसन नै गर्न उपयुुक्त हुुने प्राडा श्रेष्ठको सुझाव छ । ‘यो बेला चुुपचाप नै बस्ने हो’, उनी भन्छन्, ‘कोरोनाको दीर्घकालीन असर पर्न सक्ने भएकाले यो बेला चुपचाप बस्नु नै बुद्धिमानी हुन्छ ।’

यदि लगानी नै गर्ने भए ब्लुुचिप कम्पनीका सेयरमा लगानी गर्न श्रेष्ठ सुुझाउँछन् । जोखिम नभएका, राम्रा कम्पनी र वासलात उत्कृष्ट भएका कम्पनीहरुमा लगानी गरिएको खण्डमा दीर्घकालीन नाफा कमाउन सकिने उनको सल्लाह छ । 

स्टाण्डर्ड चार्टड बैंक, एभरेस्ट बैंक, प्राइम बैंक, हिमालयन बैंकलगायतका कम्पनीमा लगानी गरे फाइदा लिन सकिने श्रेष्ठको दाबी छ । कम्पनीको बोर्ड व्यवस्थापन असल भएका, कम्पनीमा तरलता अधिक भएका र दीर्घकालीन भ्यालू म्याक्सिमाइजेसनमा लगानी गर्न उनी सुुझाउँछन् । 

माइक्रो फाइनान्सका सेयरहरु पनि लगानीका लागि उपयुुक्त हुुने श्रेष्ठको ठम्याइ छ । फस्र्ट, आरएमडीसी, नेरुडेलगायतका लघुुवित्तहरु लगानीका हिसाबले राम्रो हुुने उनको दाबीसमेत छ ।

अबको समयमा सेयरबाट फाइदा लिने कुुरा कम्प्लेक्स भएको भेटेरान सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको भनाइ छ । मन्दीका बेला असर सबै क्षेत्रमा नै पर्ने तर मन्दीका असर पर्ने केही सीमित क्षेत्रमा लगानी गरे फाइदा हुुनसक्ने उनको ठहर छ । हाइड्रो सेक्टरमा कम पर्ने भएकाले हाइड्रोको लगानी उपयुुक्त हुुन सक्ने उनको बुुझाइ छ । 

यसैगरी, युुनिलिभर, नेपाल, एनटीसी, हिमालयन डिस्टिलरीलगायतका सेयरमा यस्तो बेला गरिएको लगानी सुुरक्षित हुनसक्ने उनको आँकलन छ । उत्पादन र बिक्रीमा प्रत्यक्ष असर नपर्ने क्षेत्रका सेयरमा लगानी गरिए नाफा हुुन सक्ने उनको जिकिर छ ।

कोरोना भाइरस रोकथाम तथा संक्रमण फैलन नदिन राज्यले लकडाउन गर्दा बैंकहरुका ऋण प्रवाह र त्यसको सीधा असर उद्यमशीलतामा पर्ने अनि पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर पर्ने र इन्स्योरेन्स सेक्टरमा भने न्यूून असर पर्ने पौडेल बताउँछन् । यस्तो बेलामा लगानीकर्ताले धेरै नै विचार गरेरमात्रै सचेत भई सेयरमा लगानी गर्न उनले जोड दिए ।