काठमाण्डौ । कोरोनाभाइरस महामारी फैलनलाई रोक्नका लागि विश्वका सरकारले आम नागरिकहरुलाई घरमै बस्न सल्लाह दिइरहेका छन् । यही क्रममा गुुगल लकडाउनका दौरान यात्रा गर्ने व्यक्तिहरुको मुुभमेन्ट रेकर्ड गरिरहेको छ । यो प्रविधिमार्फत अलग अलग ठाउँ र मानिसहरुको यात्रा विवरण लिने कार्य गुगलले जारी राखेको छ । 

गुुगल युुकेसमेत १३० देशका मानिसहरुको यात्रा मुुभमेन्टका ट्रयाक गरिरहेको छ । यो पहलका क्रममा गुुगलले दुुई वा तीन दिन पहिलेको यात्राको रेकर्ड तथ्यांक नियमित रुपमा जारी गर्नेछ ।

गुुगलका तर्फबाट गुुगल म्याप र अन्य मोबाइलका मद्दतले मानिसहरुको लोकेसन र यात्राको डाटा एकत्रित गरिन्छ । यो फर्म, संग्रहालय, पसल र अन्य स्थानको लोकेशनको ट्रयाक गर्छ । 

बीबीसीको रिपोर्ट अनुुसार गुुगलको यो तरिकाबाट लिइएको डाटा उनीहरुका लागि अचम्म पार्ने किसिमको हुुनसक्छ , जुुन  आम मानिस बेखबर छन् तर गुुगल कति तीव्र रुपमा जानकारी एकत्रित गर्न सक्छ भन्ने पनि देखिन्छ । गुुगलसँग प्रत्येक ४८ घण्टामा डाटा आउँछ जसबाट लकडाउनका अवधिमा को मान्छे कहाँ गइरहेको छ भन्ने एक एक थाहा हुन्छ ।