काठमाण्डौ । कोरोनाभाइरसको महामारीका कारण अटो कम्पनीहरूले पहिले नै बनाएका योजनाहरु धमाधम रद्द गरेका छन्। 

यो भाइरसको महामारीका कारण एकातर्फ उद्योग कलकारखाना बन्द छन् भने अर्काेतर्फ कारहरुको लन्च पनि पछि सरिरहेको छ। यहाँ हामी तपाइँलाई लकडाउनपछि लन्च हुुने केही बहुुप्रतिक्षित कारहरुका बारेमा बताउँदैछौँ। 

नयाँ होन्डा सिटी 

न्युु होन्डा सिटी भारतीय बजारमा आउन लागेको बहुुप्रतिक्षित कारहरुमध्ये एउटा हो। नयाँ सिटी मार्च–अप्रिलतिर लन्च हुुने भनिएको थियो। तर कोरोनाभाइरसको संक्रमणका कारण यसको लन्चिङ तत्काललाई रद्द गरिएको छ। 

अब यो कारको लन्चिङ मे–जुुनमा गरिने आशा लिइएको छ। नयाँ होन्डा सिटी मौजुुदा प्लेटफर्मको मोडिफाइड भर्जनमा आधारित हुुनेछ। यो शानदार सेडन कार १.५ लिटर पेट्रोल र १.५ लिटर डिजल इन्जिनमा आउनेछ। 

नयाँ महिन्द्रा थार 

न्युु जेनेरेसन महिन्द्रा थारलाई लामो समयदेखि प्रतीक्षा गरिएको छ। यो शानदार एसयूभी जुुन–जुुलाईमा लन्च हुुन सक्छ। नयाँ थार अप्रिल महिनामा सार्वजनिक हुुने गरिने भनिएको थियो। जसलाई कोरोनाको प्रभावका कारण रद्द गरियो। 

नयाँ मोडल जेन ३ प्लेटफर्ममा आधारित छ जसको प्रयोग स्र्काेरपियो र टीयूभी ३०० मा गरिएको थियो। न्युु जेनेरेसन महिन्द्रा थार नयाँ २.० लिटर टर्बाेर्चाज्ड डिजेल र नयाँ १.५ लिटर टर्बाेर्चाज्ड पेट्रोल इन्जिनको साथमा आउनेछ। 

एमजी हेक्टर प्लस 

एमजी हेक्टर मार्टसले हेक्टर प्लस एसयूभीलाई जुुन महिनामा लन्च गर्ने घोषणा गरेको छ। यो मोडल ६ सिटर र ७ सिटर अप्सनमा आउनेछ। बजारमा यसको प्रतिस्पर्धा महिन्द्रा एसयूभी ५०० र टाटा को आउनेवाला ग्रयाभिटसजस्ता एसयूभीसँग हुुनेछ। हेक्टर प्लसमा २.० लिटर टर्बाेर्चाज्ड डिजेल इन्जिन र १.५ लिटरको पेट्रोल इन्जिन उपलब्ध हुुनेछ। 

स्कोडा कारोक

स्कोडाको बहुुप्रतिक्षित ५ सिटर एसयूभी कारोक ६ मे मा लन्च हुुने कार्यक्रम तय भएको छ। यसको मूल्य भारु १८ देखि २५ लाखबीचमा हुुनेछ। बजारमा यसको टक्कर भोल्गस् वागेन टी रक जिप कम्पस र हुुन्डाई टक्सनजस्ता एसयूभीसँग हुुनेछ। यसमा १.५ लिटरको टर्बाेचाज्र्ड पेट्रोल इन्जिन उपलब्ध हुुनेछ। जुुन १४८ बीएचपी पावर र २५० एनएम टार्क जेनेरेट गर्नेछ। यसको इन्जिन ७ स्पिड डीएसजी अटोमेटिक गियरबक्सबाट सुुसज्जित हुुनेछ। – एजेन्सी