काठमाण्डौ । विश्व अर्थतन्त्र नै चौपट भइरहेको बेला अर्थतन्त्रकै ऐना मानिएको सेयर बजार पनि लथालिङ्ग अवस्थामा छ ।  

विगत २२ वर्षदेखि सेयर बजारलाई नजिकबाट नियालेका प्रविन अग्रवालले लकडाउन खुलेसँगै सेयर बजार कस्तो रहला भन्ने विषय र सम्भावित बजारको गिरावटमा लगानीकर्ताहरुले कसरी मुुनाफा आर्जन गर्ने भन्ने बारेमा आफ्ना आइडिया सेयर गरेका छन् । 

अग्रवाल पूर्वी नेपालकै पुरानो शहर धरानका लगानीकर्ताहरुबीच सेयर बजारका विषयमा तर्कसहित सटिक विश्लेषण र लगानी निर्णयका लागि दखल लिने व्यक्तित्वका रुपमा परिचित छन् ।

बजार खुुलेको सुुरुवाती समयमै बजारको गिरावट निश्चित रहेको अग्रवालको दाबी छ। ब्याजको जोहोलगायत विविध पक्षका कारणले नेप्से इण्डेक्समा २०० अंक हाराहारीको गिरावट हुुुने उनको आँकलन छ । यस्तो अवस्थामा लगानीकर्ताहरु प्यानिक नभई सेयर होल्ड गर्नुुुपर्ने उनको जोड छ ।

‘बजारलाई मुुद्धतीको ब्याजदरले धेरै असर पार्छ ।’ अग्रवाल भन्छन्–‘मुुद्धतीको ब्याजदर बजारसँग तुलना हुुने गर्छ । ब्याजरमा गिरावट आउँदा मानिसहरु सेयर बजारमा नै आकर्षित हुुन्छन् ।’ 

नयाँ लगानीकर्ताहरुका लागि भने अहिलेको अवस्था सेयर बजारमा प्रवेश गर्ने सुनौलो अवसर पनि भएको उनको तर्क छ । 

कोरोनाले सेयर बजार प्रभावित बनाए पनि यसको असर भने आगामी दिनमा सकारात्मक पर्ने जिकिर गरेका अग्रवाल कोरोनाले मानिसहरुलाई बचत गर्न सिकाएको दाबी गर्छन् । साना–साना बचतहरुलाई पनि लकडाउन र कोरोना पाठले प्रोत्साहित गरेको उनको बुुझाइ छ । ‘तिनै बचतहरु नै अन्य क्षेत्रमा केही वर्ष अन्य लगानीका सेक्टरहरुभन्दा सेयर बजार नै सही लगानीको सेक्टर देखिन्छ।’उनी भन्छन्–‘मानिसहरु सामान्य तवरले जीवनयापत गर्दै बचत गर्ने बानी बसाल्ने भएकाले बचत रकम रिइन्भेष्टमेन्ट मोडमा जान्छ ।’

कोरोनाले नेप्से परिसूूचकमा गिरावट आएसँगै यसलाई सेयर खरिद गर्ने अवसरका रुपमा बुुझ्न अग्रवालको आग्रह छ । ‘कोरोनाले कम्पनीहरुको ग्रोथमा केबल स्पीड ब्रेक मात्र गरेको हो।’उनले बिजशालासँग भने–‘विस्तारै फेरि अटोमेटिक पिकअप लिँदै जान्छ ।’ 

अबको २–४ वर्ष जग्गामा लगानी सुुस्ताउने वा मन्दी नै आउनसक्ने उनको ठहर छ । जग्गाको मूूल्य अधिकतम लेभलमा पुुगेकाले मानिसहरुसँग भएको स–साना बचत रकम सेयर बजारमै आउने र बजार बढ्ने उनले ठोकुुवै गरे ।

लकडाउनपछि सेयर बजारले उल्टो यात्रा गर्ने अनुुमान आम लगानीकर्ताहरुले गरिरहेका छन् । तर, डाउनफल भएको बजारबाट पनि मनग्यै नाफा कमाउन सकिने अग्रवाल सुुझाउँछन् । 

आफूूसँग यसअघि नै होल्ड भएका सेयर बेचेर स्टप लस गरी नाफा कमाउन उनले जोड दिए । उनी भन्छन्–‘मानौं कुुनै बैंकको एक हजार कित्ता सेयर छ, जसको बजारमूूल्य ३०० रुपैयाँ प्रतिकित्ता छ । त्यसलाई लगानीकर्ताले बेच्ने अब सोही बैंकको हजार कित्ता बजार घटेमा सेयर मूूल्य २५० प्रतिकित्ता आएमा किन्ने, यत्तिकैमा स्टपलस ५० हजार नाफा हुुन्छ ।’

बजारको गिरावटमा अध्ययन भने आवश्यक रहेको अग्रवालको भनाइ छ । कुुनै पनि कम्पनीको पीई रेसियो १५ भन्दा तल आएमा कम जोखिम हुुन्छ । पीई रेसियो १२–१३ मा झरेमा उक्त सेयरबाट भविष्यमा निकै आकर्षक प्रतिफल पाउन सकिने उनको ठम्याइ छ ।