काठमाण्डौ । कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन लगाएपछि व्यापार व्यवसाय चौपट भई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ९८७ व्यक्ति तथा फर्म कालोसूचिमा परेका छन् । 

कर्जा सूचना केन्द्रका अनुसार २०७७ बैशाख १ गतेदेखि साउन २६ गतेसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ९८७ फर्म तथा व्यक्ति कालोसूचिमा परेका हुन् । 

लकडाउन भएको समयको आधारमा हिसाब गर्दा १ हजार भन्दा बढी ऋणि कालोसूचिमा परेका थिए । 

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो । लकडाउनका कारण धेरै व्यापार व्यवसाय चौपट बनेको थियो । 

लकडाउनपछि भने कालोसूचिमा पर्नेको संख्या लगातार बढिरहेको सूचना केन्द्रले जनाएको छ । 

केन्द्रले लकडाउन सुरु भएपछि चैत अन्तिमसम्म २५ जना व्यक्ति तथा फर्मलाई कालोसूचिमा राखेको थियो । 

यस्तै, बैशाख महिनामा कालोसूचिमा पर्नेको संख्या ९४ पुगेको देखिएको छ । 

यस्तै, जेठ महिनामा यो संख्या बढेर १४९, असारमा ३९७ र साउन २६ गतेसम्म ३४४ जना व्यक्ति तथा फर्म कालोसूचिमा परेका छन् । 

हालसम्म कर्जा सूचना केन्द्रले १८ हजार ६५७ जनालाई कालोसूचिमा राखेको छ । 

२०७६ सालको चैत मसान्तसम्म कुल १७ हजार ६६९ व्यक्ति तथा फर्म कालोसूचिमा परेका थिए । 

सूचना केन्द्रले प्रकाशन गरेको हालसम्मका ब्ल्याकलिस्टेडहरुको सूचि यस्तो छ: