काठमाण्डौ । पूर्ण लकडाउन अवधिमा नेपाल टेलिकमले मोबाइल सेवाकोे रिचार्जमा शतप्रतिशत बोनसको व्यवस्था गरेको छ । 

सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । 

बोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जिएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । 

यसरी प्राप्त गरेको बोनस रकमबाट पे एज यू गो (प्याकेज बाहेकको दररेट) अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिनेछ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन भने सकिने छैन । 

रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम २ दिनभित्र खपत गरिसक्नुपर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने बोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ। 

त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । 

एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । 

यसैगरी, रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ । 

मंगलबार बसेको नेपाल दूरसंचार प्राधिकरणको संचालक समितिको बैठकले टेलिकम सेवा प्रदायक संस्थाहरुलाई लकडाउन अवधिमा रिचार्जमा सतप्रतिशत बोनसको व्यवस्था गर्न तथा सापटी लिने रकमको सीमा बढाएर २०० कायम गर्न निर्देशन दिएको थियो । नेपाल टेलिकमले सापटी रकमको सीमा भने बढाएको छैन ।