काठमाण्डौ । हाल नेपालभर लकडाउन भएयता अधिकांश नेपालीहरु इन्टरनेटका माध्यमबाट अनलाइन समाचार, सामाजिक सञ्जाल, युुट्युबबाट मनोरञ्जन लिँदै घरभित्रै बसिरहेका छन् । एकैचोटि इन्टरनेटको धेरै उपयोगले समेत यसको गतिलाई केही असर पारेकै हुुुन्छ । सरकारले लकडाउन गरेको बेला इन्टरनेटप्रदायक कम्पनीका कर्मचारीहरु पनि इन्टरनेट तीव्र गतिको बनाइदिन तपाईँको घर आउन असमर्थ हुुन्छन् । आखिरमा इन्टरनेट के कारणले डिष्टर्ब हुुुन्छ र यसलाई कसरी तीव्र गतिको बनाउने होला त ?

कोरोना भाइरसको महामारी चलिरहेका बेला लगभग नेपालका आइएसपी(इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनी)हरुले कर्मचारीहरुले वर्क फ्रम होमबाटै काम गरिरहेका छन् । घरबाटै काम गरिरहेका ती कर्मचारीहरुले समेत इन्टरनेटबाटै काम गरिरहेका हुुन्छन् र राउटरबाट पनि इन्टरनेटको स्पिड एकदमै सुुस्त रहेको हामी नेपालीहरुले महसुुस गरिरहेका छौं । यसै सन्दर्भमा प्राविधिक जानकारले तीव्र इन्टरनेटका लागि केही टिप्स दिएका छन् ।

राउटरको स्थान परिवर्तन गर्नुहोस्
यदि आफ्नो राउटर घरको कुुुनै कुुनामा राख्नुु भएको भए, अब त्यसलाई तुुुरुन्तै लोकेशन परिवर्तन गर्नुुपर्छ ।  राउटर जमिनभन्दा जति माथि रहन्छ, नेटवर्क पनि त्यति नै राम्रो आउँदछ । यसकारण राम्रो नेटवर्कका लागि अग्लो टेबल वा टूूलमा राउटर राख्नुुहोस् ।

राउटर आसपास धातुुका सामान नराख्नुहोस्
राउटरका सामुुने कुुनै पनि प्रकारको धातुुका सामानहरु हुुन राम्रो मानिँदैन । किनकि धातुुका सामानले राउटरको सिग्नल डिस्टर्ब गर्छ, जसले इन्टरनेटको गति सुुुस्त हुुन जान्छ ।

झ्यालको आसपास राउटर राख्नुुहोस्
राउटर घरको वाल वा कंक्रिटको मोटो भित्तामा राख्दा सिग्नल एकदमै सुुस्त हुन्छ । यदि सम्भव भएको खण्डमा यसलाई कुुनै झ्यालको छेउका भागतर्फ राख्नुुहोस् । राउटरको पोजिसन घरको बीच स्थानमा हुुन आवश्यक ठानिन्छ, ताकि घरका सबै भागमा इन्टरनेटको गति राम्रो रहोस् ।

माइक्रोवेबबाट टाढा राख्नुुहोस्
राउटरलाई माइक्रोवेबदेखि टाढै राख्नुुहोस् किनकि माइक्रोवेब अन भएमा त्यसबाट निस्कने फ्रिक्वेन्सीले राउटरको नेटवर्कलाई कमजोर बनाइदिन्छ ।

कुुनै एक डिभाइसमा स्पिड बढाउनुुहोस्
यदि राउटरसँग धेरै डिभाइस कनेक्ट भइरहेको भएको खण्डमा पनि इन्टरनेट स्लो हुुने गर्दछ ।  यद्यपि, यदि तपाईँ चाहनुुहुुन्छ भने एक डिभाइसलाई धेरै स्पिड दिन मिल्छ । यसका लागि राउटरको सेटिङमा गएर तपाईँले त्यो डिभाइसलाई प्राथमिकतामा राख्नुुपर्ने हुुन्छ, जसबाट तपाईँलाई तेज स्पिड चाहिएको छ ।

दोस्रो राउटरको सिग्नलबाट बच्नुहोस्
यदि तपाईँको छिमेकीको राउटर पनि चलिरहेको छ र छिमेकीको राउटरले तपाईँको राउटरको सिग्नललाई इन्टरफेयर गरिरहेको भएमा पनि तपाईँको इन्टरनेट एकदमै सुुस्त हुुन्छ । यस्तो अवस्थामा तपाईँ वाइफाइ लेजर एपको मद्धत लिएर यो विषय पत्ता लगाउन सक्नुुहुुन्छ कि तपाईँको राउटरलाई कहाँबाट अवरोध भइरहेको छ । यहाँबाट वाइफाइको च्यानल बदलेर अवरोध रोक्न सकिन्छ ।

राउटरको पनि चेक गर्नुुुहोस्
तपाईँकै राउटरकै पनि कारणले इन्टरनेटको स्पिड सुुस्त हुुने समस्या भएको हुुनसक्छ । यस्तो भएको खण्डमा सबै सेटिङ सही भए पनि इन्टरनेट सही गतिमा नचलेमा चाहिँ तपाईँले राउटर परिवर्तन गर्नुको विकल्प रहन्न ।

स्पिड चेक गर्नुहोस्
स्पिड टेष्ट एपको मद्धतले तपाईँ राउटरको इन्टरनेटको स्पिड चेक गर्न सक्नुहुन्छ । यसबाट डाउनलोड र अपलोड दुुवैको स्पिड जानकारी मिल्दछ ।