काठमाण्डौ । कोरोनाभाइरसका कारण भएको लकडाउनका बीच तपाईँसँग धेरै मानिसहरु ठोक्किन आइपुग्न सक्छन्,जसको आम्दानी रोकिएको छ ।

यस्तो अवस्थामा उनीहरु कहाँबाट पैसा ल्याउलान् ? किनकि उनीहरुको खाता शूून्य छ जबकि घरगृहस्थी चलाउनका लागि सामान आवश्यक पर्छ । यस्तो अवस्थामा क्रेडिट कार्ड तपाईँका लागि संकटमोचक बन्न सक्छ ।

क्रेडिट कार्ड कसरी बन्ला संकटमोचक ?
यदि तपाईँसँग क्रेडिट कार्ड छ भने त्यो संकटमोचक बन्न सक्छ । प्रत्येक क्रेडिट कार्डमा बिल मिति पछि निश्चित हुुन्छ । केहीेले ३० दिन त केही कम्पनीले ५२ दिनसम्म भुुक्तानीको विकल्प दिन्छन् । मानौं कि तपाईँको बिलको मिति महिनाको १० तारिख भए यसपछि तपाईँ खरिदारी गर्नुुहुुन्छ भने तपाईँले आगामी महिनाको अन्तसम्म पैसा भुुक्तान गर्नुुपर्छ । तबसम्म त लकडाउन पनि सकिनसक्छ र तपाईँ यसबीच क्रेडिट कार्डबाट भएको खरिदारीको पैसा जम्मा गर्न सक्नुुुहुुन्छ ।

यति मात्र हैन, तपाईँ आफ्नो क्रेडिट कार्डबाट विभिन्न डिजिटल वालेटमा हाल्न सकिने र यसको उपयोग नगद सो सरह नजिकका पसलहरुबाट खरिदारी गर्न सक्नुुहुुन्छ । पछिल्लो समय नेपालमा पेमेन्ट वालेटको यस्तो प्रसार भएको छ कि यसबाट लगभग जुुनसुुकै ठाउँमा भुुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । विश्वभरमा क्रेडिट कार्डको यस्ता प्रयोग थुुप्रै हुुन्छन् ।

नेपालमा क्रेडिट कार्ड इस्यूू गर्ने धेरै छन् तर यसको धेरै प्रसार हुन पाएको छैन । तर विज्ञहरु भन्छन् कि सबैलाई कमसेकम एक क्रेडिट अवस्य राख्न आवश्यक छ जुुन यस्तो बेलामा काम दिनसक्छ । अहिले केन्द्रीय बैंकले कोरोना संकटलाई मध्यनजर गर्दै ईएमआईमा मात्रै हैन कि क्रेडिट कार्डको बिल भुुक्तानीमा पनि ३ महिनाको राहात दिएको छ ।

कार्डको उपयोगमा सतर्कता
तपाईँ क्रेडिट कार्डको उपयोग गरिरहनुु भएको भए यसको भुुुुुुक्तानमा सतर्क पनि हुुुनुु आवश्यक छ । याद राख्नुुहोस्, क्रेडिट कार्ड कम्पनीहरुले भारी परिमाणमा ब्याज असूूल गर्छन् । तर त्यो बेला हुुन्छ तपाईँ भुुुक्तान चुुकाउने मितिभन्दा पछाडि जानुुहुुन्छ । अर्थात् तय मितिमा चुकाउनु भएन भने यस्तो हुन्छ । लकडाउनको यस्तो माहौलमा बिना कुुनै ब्याज एक रुपैयाँ मिल्न मुुश्किल छ र तमाम आपत जरुरतहरु पनि यदाकदा आइरहन्छन् । तपाईँका लागि क्रेडिट कार्ड एक मुुश्किलबाट जोगाउने गतिलो हतियार साबित हुुनसक्छ ।

क्रेडिट कार्डप्रति सचेतनाको अभाव
नेपालमा क्रेडिट कार्डका विषयमा धेरै सचेतना नै छैन र अनेक अफवाह र हल्लाका कारण मानिसहरु यो लिनबाट उम्किन खोज्छन् । निम्न वर्ग त पुुरै क्रेडिट कार्डबाट बञ्चित नै छन् जबकि मध्यम वर्गमा पनि धेरै सुुझबूूझपूूर्ण तरिकाले कार्ड लिन्छन् ।