काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले देशभर अहिले लकडाउन गरिएको छ। लकडाउनको अवधि अझै बढ्न सक्ने समाचारहरु पनि आइरहेका छन्।

लकडाउनका क्रममा बिनाअनुमति तपाइँ आफ्नो कार चलाउन पाउनुहुन्न। जसका कारण लामो समयसम्म कार थन्काएर राख्नुपर्ने हुन्छ। यो अवधिमा आफ्नो कार कसरी सुरक्षित राख्ने त ? पढ्न यी ५ टिप्स्। 

१. लामो समयसम्म कार चलाउन नपाइने भएपछि सबैभन्दा पहिला त्यसलाई कभरले ढाकेर राख्नुहोस्। जसका कारण कारलाई धुलो र घामबाट बचाउँछ। किनकि लामो समयसम्म त्यत्तिकै राख्दा धुलो र घामले कारको बाहिर भागलाई असर गर्न सक्छ। 

२. लामो समयसम्म कार थन्किँदा त्यसको ब्याट्रीमा खराबी आउन सक्छ। त्यसैले हरेक दिन पार्किंङ गरेकै ठाउँमा एक/दुईपटक केही समयका लागि स्टार्ट गर्नुपर्छ। यदि कार राखिएको ठाउँ फराकिलो छ भने अगाडि वा पछाडि चलाउने पनि गर्नुहोस्। यसले गर्दा ब्याट्री चार्ज हुनेछ। 

३. लामो समय घरमै कार थन्किने भएपछि २–४ दिनको फरकमा कार पखाल्ने वा सफा गर्नुहोस्। किनकि त्यत्तिकै राखिएको कारमा पनि धुलोमैलो पस्न वा जम्न सक्छ। त्यसैले बेलाबेलामा कार पखाल्ने र सफा गर्ने गर्नुपर्छ। 

४. यो अवस्थामा कारको भित्र भाग पनि सफा गर्नुहोस्। बाहिर भागमात्र सफा गरेर हुँदैन। भित्र भाग पनि कहीँकतैबाट फोहोर वा धुलो पसेको हुन सक्छ। त्यसैले कारको बाहिर भाग सफा गर्दा भित्र पनि सफा गर्नुपर्छ। 

५. यदि सम्भव छ भने कारलाई कुनै छत भएको ठाउँमा पार्किङ गर्नुपर्छ। यसले गर्दा पानी पर्दा वा घाम लाग्दा त्यो छतले कारलाई सुरक्षित राख्छ। 

६. लामो समयसम्म कार एउटै ठाउँमा पार्किङ गर्दा टायरहरुबाट हावा फुस्किन सक्छ। त्यस्तो अवस्थामा बेलाबेलामा कारका टायरहरुमा हावा चेक गर्नुपर्छ। यदि हावा फुस्किएको छ भने भरिहाल्नुपर्छ नत्र आकस्मिक रुपमा कतै जानुपरे समस्या हुन सक्छ। – एजेन्सी