काठमाण्डौ । कोरोनाभाइरस नियन्त्रण गर्न भारत सरकारले गरेको लकडाउनको निर्णयले आफ्नो असर देखाउन सुुरु गरेको छ । 

भारतमा लकडाउनपछि नयाँ संक्रमितको संख्यामा गिरावट आइरहेको छ । 

कोरोनाभाइरस अपडेटका लागि बनाइएको वेभसाइट कोभिड१९ इन्डिया.ओआरजिमा दिइएको जानकारी अनुुसार कोरोनाभाइरसको संक्रमणमा भइरहेको बढोत्तरीको ट्रेण्डमा पछिल्ला केही दिनयता गिरावट आइरहेको छ । 

वेभसाइटका अनुुसार २१ मार्चसम्म भारतमा २८३ कोरोना संक्रमित भएको पुुष्टि भएको थियो । जब कि अघिल्लो दिन यो संख्या ३९६ पुुगेको थियो ।

यसरी एक दिनमा संक्रमणमा ३९.९२ प्रतिशतको बढोत्तरी भएको थियो । तर २७ मार्च र २८ मार्चको बीचमा कोरोना संक्रमितको संख्या बढ्ने गतिमा भारी गिरावट आएको छ । 

यो बीचमा बढोत्तरीको गति ५.३१ प्रतिशत मात्रै देखिएको छ । पोर्टलका अनुुसार २२ मार्चमा भारतमा ३९६ जनामा कोरोना संक्रमण देखिएकोमा त्यसको अघिल्लो दिन अर्थात २३ मार्चमा यो संख्या ४६८ पुुगेको थियो । योबीचमा कोरोना संक्रमणको फैलने गति १८.१८ प्रतिशतमा झरेको थियो ।

तथापि यसको अघिल्लो दिन अर्थात २४ मार्चमा संक्रमितको संख्यामा थोरै बढोत्तरी आयो । यो दिन संक्रमितको संख्या ५६६ पुुगेको थियो । २३ मार्चको तुुलनामा यो दिन संक्रमणको गतिमा २३.४३ प्रतिशतको तीव्रता आएको थियो । यसको अघिल्लो दिन अर्थात २५ मार्चमा पछिल्लो दिनको तुुलनामा संक्रमण फैलने दरमा १३.९५ प्रतिशतको भारी गिरावट आएको थियो ।