काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबारदेखि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको छ। 

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर लकडाउन गरेसँगै महालक्ष्मी लाइफले पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको हो। यो अवधिमा नवीकरण बीमा रकम पूर्वसूचनाबमोजिम बैंक खाताहरुमा विद्युतीय माध्यमबाट जम्मा गर्न पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ।

कम्पनीले अति आवश्यक परी बीमा गर्नुपरेमा विद्युतीय माध्यमबाट घरमै बसेर काम गर्ने व्यवस्था मिलाइएकोले सम्बन्धित अधिकृतहरुलाई सम्पर्क गर्न सम्पूर्ण अभिकर्ता, बीमित र कर्मचारीहरुलाई कम्पनीले आग्रह गरेको छ।