काठमाण्डौ । सरकारले जारी लकडाउनलाई चैत २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । 

भर्खरै सकिएको मन्त्रीपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रण समितिको सिफारिसलाई अनुमोदन गर्दै लकडाउन २५ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो । 

यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सेवा र सबै खालका आवागमन बन्द गर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरसका संक्रमितहरु देशमा बढ्न थालेपछि लकडाउनलाई लम्ब्याउनुपर्ने आवश्यकता महसुस गरी यस्तो निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।