काठमाण्डौ । सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरुका लागि २० वटा सीमा नाका तोकेको छ ।

यो निर्णयसँगै सरकारले लकडाउन खुकुलो पार्ने संकेत समेत दिएको छ । सीमा नाका समेत खुकुलो पार्ने सरकारले आन्तरिक लकडाउन समेत खुकुलो पार्ने तयारी गरिरहेको छ ।  

शुक्रबार बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले भारतबाट नेपाल भित्र्याउने २० नाका तोकेको हो । 

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका नेपालीका लागि देश प्रवेश गर्ने नाकाका रुपमा तोकिएका हुन् । 

सरकारले भारतबाट झण्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको बताएको छ ।