काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको बोनस सेयरका लागि मुक्तिनाथ विकास बैंक र लक्ष्मी बैंक लिमिटेडको सोमबार सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता मुक्तिनाथ विकास बैंकको २६५.३२ रुपैयाँ र लक्ष्मी बैंकको १९८.१८ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार दुवै बैंकको सेयर कारोबार खुल्नेछ ।

मुक्तिनाथ विकास बैंकले चुक्तापुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँको १७.६० प्रतिशतले हुन आउने ६४ करोड ७२ लाख ७७ हजार ३३८ रुपैयाँबराबरको बोनस सेयर र ०.९३ प्रतिशतले हुन आउने ३ करोड ४० लाख ६७ हजार २२८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश प्रयोजनका लागि) प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बैंकको यही मंसिर ३० गते हुने तेह्रौँ वार्षिक साधारणसभाबाट पारित हुनेछ ।

यसैगरी लक्ष्मी चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार ६४२ रुपैयाँको १० प्रतिशतले हुन आउने ८९ करोड २० लाख ५० हजार ८६४.२ रुपैयाँबराबरको ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बैंकको आगामी पुस ६ गते हुने १९ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ । वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि दुवै बैंकको आज सोमबारदेखि बुक क्लोज गरिएको छ ।