काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडको प्रबन्धन र लक्ष्मी बैंकको प्रायोजनमा संचालनको अनुमति पाएको लक्ष्मी इक्वीटी फण्डले आगामी बैशाख २२ गतेदेखि १० रुपैयाँ प्रति इकाई मूल्यको कुल १० करोड इकाईको सार्वजनिक निश्कासन गर्ने भएको छ । 

लक्ष्मी क्यापिटल लिमीटेडको यो दोश्रो म्युुचुुअल फण्ड हो । 

कुल १ अर्ब रुपैयाँ मूल्यको सार्वजनिक निश्कासनमा सर्वसाधारणका लागि लगानीको अवसर खुलाइएको हो । 

लक्ष्मी इक्वीटी फण्ड ७ वर्षे बन्दमुखी म्युचुुअल फण्ड हो । 

बैशाख २२ गतेदेखि खुल्ने आवेदनमा बैशाख २६ गतेसम्म आवेदन दिनसकिनेछ । सो अवधिमा माग अनुसारको आवेदन नपरे जेठ  ५ गतेलाई अधिकतम मिति तोकिएको छ । 

इच्छुक सर्वसाधारणले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

कुल १० करोड इकाईमध्ये यो कम्पनीले १ करोड ५० लाख इकाई लक्ष्मी बैंकका लागि र ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याएको छ । 

यो सार्वजनिक निश्कासनको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ । 

लक्ष्मी क्यापिटलले यसअघि पनि लक्ष्मी भ्यालु फण्ड १ नामको म्युचुुअल फण्ड संचालन गरेको छ । यो फण्डको फागुन अन्तिमसम्मको नेट एसेट भ्यालुु(खूद सम्पत्ति मूल्य) प्रति इकाई ११.५५ रुपैयाँ कायम रहेको छ । यो इकाईको अन्तिम कारोबार मूल्य १२ रुपैयाँ ५५ पैसा रहेको छ । 

कहाँबाट दिने आवेदन ?
१. लक्ष्मी क्यापिटल मार्केट लिमीटेड, नयाँ बानेश्वर काठमाण्डौ । सम्पर्क व्यक्ति: विजय महतो, सम्पर्क फोन : ०१-४७८०२२२
२.लक्ष्मी बैंक लिमीटेड, हात्तीसार काठमाण्डौ तथा देशभरका सबै शाखा । सम्पर्क व्यक्ति : अभिष आचार्य । फोन : ०१-४४४४६८४