काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 
 
बैंकको गत कात्तिक १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३ ७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 
 
यो प्रस्ताव नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 
 
अघिल्लो वर्ष भने यो बैंकले सेयरधनीलाई १८.२९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । हाल यो बैंकको चुक्तापूँजी ७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ८ अर्ब २१ करोडको उचाईमा पुुग्नेछ । 
 
यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब १० करोड खूद नाफा आर्जन गरेको थियो ।