काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेड र भारतको एक्सिस बैंकबीच कात्तिक २८ गते भारतबाट नेपालमा पैसा पठाउन तथा भारत लगायत अन्य मुलुक भ्रमण गर्ने सिलसिलामा आवश्यक पर्ने प्रिपेड कार्ड संयुक्त रुपमा  प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

जसअन्तर्गत एक्सिस बैंकको तीन हजार पाँचसय बढी शाखामार्फत पठाइएको रकम नेपालस्थित लक्ष्मी बैंकको जुनसुकै शाखाबाट नगद भुक्तानी लिने तथा खातामा सोझै रकमान्तरको माध्यमबाट रेमिटान्स प्राप्त हुनेछ । 

सो सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले आफनो सञ्चित रकम सजिलै र सुरक्षित तरिकाले नेपाल पठाउन सक्नेछन् । 

त्यसैगरी, लक्ष्मी बैंक लिमीटेडबाट सर्वसाधारणहरुले बैंकको जुनसुकै शाखाबाट प्रिपेड कार्ड मार्फत आफूूले चाहेको १६ प्रकारका विदेशी मुद्रामा प्रिपेड कार्ड सटही गर्नसक्ने व्यवस्था गरिएको छ । 

सो सम्झौतामा लक्ष्मी बैंक लिमीटेडको तर्फबाट बैकका नायब प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र भारत स्थित एक्सिस बैंकका तर्फबाट बित्तीय संस्था समूहका एक्जिक्यूटिभ भाइस पे्रसिडेन्ट अशोक गौतम र अन्तराष्टिय रिटेलका सिनियर भिपी निरज सिन्हाले हस्ताक्षर गरेका छन् ।