काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा बुधबार तनहूँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालिकामा एकै साथ आफ्नो दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी जिल्लाहरुमा बैकंको यीे क्रमशः दोस्रो र तेस्रो शाखाहरु हुन् । 

अब, लक्ष्मी बैंकको शाखा सञ्जाल ७६, ३ हस्पिटल सेवा काउन्टर, ९८ ए टि एम, २५०० भन्दा बढी रेमिटेन्स् अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरुको संख्या पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।