Laxmi Bank
काठमाण्डौ । नयाँ वर्ष २०७५ को शुभ अवसरमा लक्ष्मी बैंक लिमीटेडले आफ्नो भिजा कार्ड प्रयोगकर्ताका लागि क्यास ब्याक अफर ल्याएको छ ।
जसअन्तर्गत लक्ष्मी बैंक लिमीटेडबाट भिजा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्डमार्फत अनलाइन पिओएसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा रु. १००० सम्म रकम पुनः फिर्ता हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
अप्रिल १५, २०१८ देखि मे १५, २०१८ सम्म कम्तीमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् ।
यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा ईबैंकिङ्ग प्याकेज अन्तर्गत रु. १००० सम्मको बैकिङ्ग सेवाहरु जस्तैः भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैंकिङ्ग सेवा निःशुल्क उपलब्ध गराइरहेको समेत बताइएको छ ।
उल्लेखित सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगदरहित डिजिटल पेमेन्टलाई समेत प्रवद्र्धन गर्ने बैंकको विश्वास छ ।
9 hours ago
14 hours ago
14 hours ago
14 hours ago
16 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago