काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब १६ करोड खूद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्बको हाराहारीमा नाफा आर्जन गरेको थियो । 

लक्ष्मी बैंकले यो अवधिमा ४ करोड २८ लाख संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता ल्याएको देखिन्छ । 

बैंकको संचालन मुनाफा समेत बढेको छ । अघिल्लो वर्ष १ अर्ब ३४ करोड रहेको यस्तो मुनाफा बढेर यो वर्ष १ अर्ब ६८ करोडको उचाईमा पुगेको हो । 

यस्तै १ अर्ब ६५ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब २८ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ६७ अर्ब ७३ करोड निक्षेप संकलन गरी ६१ अर्ब ९९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५९ अर्ब ३२ करोड निक्षेप संकलन गरी ५२ अर्ब ७३ करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले समेत रिजर्बलाई बलियो बनाएको छ । अघिल्ला वर्षसम्म १ अर्ब ३७ करोडमा सीमित रिजर्बको आकार बढी २ अर्ब ५२ करोड पुगेको हो । 

समीक्षा अवधिमा लक्ष्मी बैंकमा खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्ष ०.९३ प्रतिशत रहेको यस्तो अनुपात बढेर १.२९ प्रतिशत पुगेको हो । 

यो अवधिमा बैंकको सीसीडी अनुपात ७७.०७ प्रतिशत, आधार  ब्याजदर ११.४८ प्रतिशत, कस्ट अफ फण्ड ७.९५ प्रतिशत, इक्वीटीमा प्रतिफल ११.०४ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.४७ प्रतिशत कायम भएको छ । 

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४३.४१ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात १७.२० गुणा कायम भएको छ ।