काठमाडौं । लक्ष्मी बैंकको २ अर्ब रुपैयाँको ऋणपत्रमा असोज २३ गते(आज)देखि आवेदन खुलेको छ । 

बैंकले १००० दरका इकाईहरुको बिक्री खुलाएको हो । 

नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते लक्ष्मी बैंकलाई प्रतिइकाइ १ हजार रुपैयाँ दरमा २० लाख इकाइ ऋणपत्र बिक्री गर्न स्वीकृति दिएको थियो ।

बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर-२०८६’ नाममा ऋणपत्र जारी गरेको हो । जसमा कुल इकाइमध्ये ८ लाख इकाइ सर्वसाधारणका लागि रहेको छ भने बाँकी १२ लाख इकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० ब्याजदर पाउनेछन् ।

बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ ।