काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ३२.६४ प्रतिशतले बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ४० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यही अवधिमा ३० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ५८ करोड ९९ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ४७ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी बैंकले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी ८६ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७४ करोड रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा ८२ अर्ब २० रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब १९ करोड रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ५१ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार २ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८.०२ रुपैयाँ प्रतिसेयर नेटवर्थ १४५.९४ रुपैयाँ रहेको छ । पीई रेसियो भने ११.९३ रहेको छ ।