काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौ कमलपोखरीस्थित अग्रवाल भवनमा हुँदैछ ।

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी संस्थाले प्रस्ताव गरेको कुल २६.३२ प्रतिशत लाभांश पारित गर्दैछ ।

संस्थाले चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ६३ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.३२ प्रतिशतले हुन आउने २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँबराबरको नगद लाभांश ९लाभांश करसहित० वितरणको प्रस्ताव गरेको छ ।

यसैगरी सभामा विशेष प्रस्तावका रुपमा राखिने अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बनधी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अकिार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभामा प्रस्तुत गरिने सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित हुनेछ।